समाचारआइतबार, जेठ १७, २०७२

२० जेठसम्म संविधानसभा बैठक स्थगित

हिमालखबर

मधेश केन्द्रीत मोर्चासहित प्रमुख चार दलले संविधानसभा बैठक स्थगित गरेर पुनःनिर्माण, नयाँ संविधान र राष्ट्रिय सरकारबारे छलफल चलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको बैठकले आज बोलाइएको संविधानसभा बैठकलाई २० जेठसम्म स्थगित गरेर शीर्ष नेताहरुबीच छलफल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

उनका अनुसार १८ जेठ विहान प्रमुख चार दलका प्रमुखहरुको बैठक राखिएको छ । ‘‘दलहरुबीच महाभूकम्पको विपत्तिपछि नवनिर्माण, नयाँ संविधान र राष्ट्रिय सरकार निर्माणलाई प्याकेजमा सहमति खोज्ने प्रयत्न भइरहेको छ ।’’ खड्काले भने ।

महाभूकम्पपछि बोलाइएको संसद् अधिवेशनबाट संकल्प प्रस्ताव पारित गर्ने क्रममा ३० वैशाखमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले राष्ट्रिय सरकारको प्रस्ताव राखेपछि दलहरुबीचको छलफल त्यसतर्फ अघि बढेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि सहमतिमा नयाँ संविधान जारी भए प्रधानमन्त्री छोड्न तयार भएपछि २० जेठभित्र सहमति जुटाउनेगरी दलहरुबीच छलफल अघि बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>