समाचारबुधबार, कार्तिक २२, २०६९

उप्रेतीले अवकास पाए, निर्वाचन आयोग खाली हुँदै

हिमालखबर

सेवा अवधि पूरा गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीले २२ कार्तिकमा स्वतः अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी अहिले वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन् ।

निर्वाचन आयोगमा एक प्रमुख निर्वाचन आयुक्त र चारजना आयुक्त रहनुपर्ने संविधानले ब्यवस्था गरेपनि ब्यवस्थापिका संसद नहुँदा नयाँ नियुक्ति हुन सकेको छैन । अब आयोगमा एक कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र अर्का आयुक्त अयोधीप्रसाद यादवमात्र बाँकी छन् । उनीहरु दुवैजनाको कार्यावधि पनि पुससम्म मात्रै हो ।

निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले आयुक्त गुरुङले २३ कार्तिकदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने बताए ।

प्रवक्ता त्रितालका अनुसार संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवा र्सतका बारेमा व्यवस्था गर्न बनेको ऐन, २०५३ ले वरिष्ठताका आधारमा भनेकाले गुरुङले जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

विसं २०६६ जेठमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अवकाश लिएपछि उप्रेती कार्यवाहक प्रमुख बनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>