समाचारमंगलबार, जेठ १९, २०७२
गोमा एयरको विमान दुर्घटनाबाट जोगियो
पोखरा विमानस्थलमा अतवरण गर्ने क्रममा गोमा एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ ।
विमानको अगाडिको चक्का नखुलेपछि अतवरण गर्दा धावनमार्गमा धस्सिएर ठोक्किन पुगेको थियो । विमानमा सामान्य मात्रै क्षति पुगेको विमानले जनाएको छ ।
गोमा एयरको 9 N AKY विमानमा चालक दलसहित १८ जना रहेका थिए । विमान ठूलो दुर्घटना हुनबाट जोगिएको विमानस्थलले जनाएको छ ।
