समाचारमंगलबार, जेठ १९, २०७२

सहमति जुटाउन शीर्ष नेताहरुको बैठक जारी

हिमालखबर

4-party1पुनःस्थापना, नयाँ संविधान र राष्ट्रिय सरकारमा सहमति जुटाउन मधेश केन्द्रीत दलसहित प्रमुख चार दलको बैठकलाई निरन्तरता दिइदै आएको छ ।

१९ जेठ विहान बसेको शीर्ष चार नेताको बैठकले प्याकेजमा सहमति खोज्न छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काका अनुसार शीर्ष नेताहरुको बैठक आज साँझ पुनः बस्ने भएको छ ।

१२ वैशाखको महाभूकम्पपछि पुनःस्थापना, नयाँ संविधान र राष्ट्रिय सरकार निर्माणलाई प्योकजमा सहमति खोज्ने सहमति अनुसार शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ । विवादित अन्तर्वस्तुमा सहमति जुटाएर संविधान जारी गर्दै राष्ट्रिय सरकार गठन गरेर नवनिर्माणमा जुट्ने सहमति दलहरुबीच भइसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चल्दै आएको छलफल नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउनेतिर केन्द्रीत भएको एक नेताले बताए । उनका अनुसार नयाँ संविधानको अन्तर्वस्तुमा सहमतितिर अघि बढेको छ ।

यसबीचमा, नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा समेत यसबारे छलफल र निर्णय भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>