समाचारमंगलबार, जेठ १९, २०७२
सिन्धुपाल्चाेकमा हेलिकाेप्टर दुर्घटना, एक विदेशीसहित चार जनाकाे मृत्यु
सिन्धुपाल्चोकमा माउन्टेन एयरको 9N-AJP हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
विद्युतको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । यमुना–८, स्थित जंगलबीच हेलिकोप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकसहित चार जनाकाे मृत्यु भएकाे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताए ।
उनका अनुसार दुर्घटनामा तीन जना पूरै जलेको र एक जनाको शरीर आधा जलेको छ । गुम्बा गाविसको तेम्बाथानबाट काठमाडौं फर्किँएकाे हेलिकोप्टर लामोसाँघु नपग्दै दुर्घटना परेकाे थियाे ।
मृत्यु हुनेमा चालकदलसहित एक जना नेदरल्याण्डकी चिकित्सक रहेका छन् ।

