समाचारमंगलबार, जेठ १९, २०७२

३० दलीय मोर्चामा प्रस्तावः सरकारमा जाऊँ

हिमालखबर

30 political parties Meetingएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जानुपर्ने प्रस्ताव ३० दलीय मोर्चामा राखेका छन् ।

१८ जेठबाट सुरु भएको बैठकमा मोर्चाका संयोजक रहेका दाहालले सरकारमा जानुपर्ने प्रस्ताव राखेका हुन् । उनले राष्ट्रिय सरकार नबन्दा दाताले नपत्याउने भन्दै सरकारमा जानुपर्ने प्रस्ताव राखेको एक नेताले बताए ।

दाहालको प्रस्तावलाई अर्का नेता विजयकुमार गच्छदारले समर्थन जनाएका छन् । मोर्चाको प्रमुख नेताहरुले नै राष्ट्रिय सरकारमा सहभागी हुनुपर्ने प्रस्ताव राखेकाले पारित हुने संभावना रहेको ती नेताले बताए ।

मोर्चाको अर्काे बैठक २० जेठमा राखिएको छ । दाहाल र गच्छदार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छलफलमा समेत सहभागी बन्दै आएका छन् ।

उनीहरु नयाँ संविधान, पुनःस्थापना र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुंग्याउने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>