समाचारबुधबार, जेठ २०, २०७२

महाभूकम्पकाे ३९ औँ दिनपछि शव निकालियाे

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पमा मेलम्ची बजारबाट हराइरहेका अकोलवा–३, रौतहटका ६० वर्षीय प्रेमी साह कानुको शव निकालिएकाे छ ।

अमिरी साह कानुका छोरा प्रेमीकाे शव प्रहरी र स्थानीय समुदायको प्रयासमा आज निकालिएकाे हाे । मेलम्ची नगरपालिका–६ को भित्री गल्लीका चारवटा घर एकै ठाउँमा भत्किएको भग्नावशेष हटाइ शव निकालिएकाे हाे ।

प्राप्त शव मृतकका श्रीमती मनिरखा देवीलाई सद्गतका लागि बुझाइएको छ ।

मेलम्ची बजारमा मसलाको व्यापार गर्दै अाएका साहकाे शव नेपाल प्रहरी, नेपाली सेना, अल्जेरियाली उद्धार टोली तथा स्थानीय बासिन्दाले खोजी गर्दा पनि यसअघि निकाल्न नसकेकाे इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>