समाचारबुधबार, जेठ २०, २०७२

हेलिकोप्टर दुर्घटना छानविन गर्न आयोग

हिमालखबर

640x389x400x282x9n-ajp1.jpg,Mic_.V7DP6ZiYQM.jpg.pagespeed.ic.Uk4ODCXqx9सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त माउन्टेन एयरको हेलिकोप्टरबारे छानविन गर्न आयोग गठन गरिएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा आयोग बनेको हो । मन्त्रालयले जारी विज्ञप्ती अनुसार आयोगका अन्य सदस्यहरुमा श्री एयरलाइन्सका बरिष्ठ पाइलट प्रमोद लामा, मनाङ एयरका इन्जिनियर जनक थापा र मन्त्रालयका उपसचिव प्रमोद नेपाल रहेका छन् ।

गैरसैनिक हवाई नियमावली २०७१ को नियम १० अनुसार विमान दुर्घटनाबारे छानविन गरी तयार पारिने प्रतिवेदन ६० दिनभित्र बुझाउनुपर्नेछ ।

१९ जेठमा भएको हेलिकोप्टर दुर्घटनामा परिचालक सुवेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>