समाचारबुधबार, जेठ २०, २०७२

नवनिर्माण र नयाँ संविधानका लागि राष्ट्रिय सरकारः एमाले

हिमालखबर

सत्तारुढ दल नेकपा एमालेले महाभूकम्पपछिको विपद् व्यवस्थापन र नयाँ संविधानका लागि राष्ट्रिय सरकार गठन हुनुपर्ने जनाएको छ ।

गृहमन्त्री बामदेव गौतमको सरकारी निवासमा बसेको स्थायी कमिटी बैठकले नयाँ संविधानका विषयमा पनि छलफल भएको प्रचार प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार पाँच प्रदेशको वरिपरी हुनेगरी संघीयता, नामाकरण प्रदेशसभाबाट र सीमाकंन आयोगमार्फत निर्धारण हुनुपर्ने विषयमा छलफल भएको छ ।

मिश्रित निर्वाचन प्रणालीमा प्रत्यक्षबाट निर्वाचित संख्या बढी हुनुपर्ने र थ्रेस होल्ड पाँच प्रतिशत राखिनुपर्ने सर्त एमालेले राख्ने भएको छ । यी प्रस्ताव अन्य पार्टीहरुसँग राख्नलाई तय गरिएपनि आधिकारिक निर्णय भने नगरेको भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>