समाचारबिहीबार, जेठ २१, २०७२

राजनीतिक भेटवार्ता तीव्र

हिमालखबर

पुनःस्थापना, नयाँ संविधान र राष्ट्रिय सरकार निर्माणबारे दलहरुबीच भेटवार्ता तथा छलफल तीव्र बनेको छ ।

दिनहुँजसो दलीय तथा अन्तरदलीय भेटवार्ता र बैठकहरु भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच असारमसान्तभित्र नयाँ संविधान जारी गरेर राष्ट्रिय सरकार निर्माणबारे छलफल भइरहेको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज विहान सकिएको छ । बैठकले ६ प्रदेशको संघीयता, नामाकरण प्रदेशसभालाई जिम्मेवारी दिने र निर्वाचन प्रणालीमा ५ प्रतिशत थ्रेसहोल्ड राख्ने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले बताए ।

यस्तै, एमाले संसदीय दलको कार्यालयमा एमाओवादी र एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराईको सहभागिता थियो ।

२० जेठ साँझमा बसेको कांग्रेस र एमालेको बैठकले पनि ६ प्रदेशको संघीयता बनाउनुपर्ने धारणा बनाएको थियो भने २० जेठ दिउँसो बसेको एमाले स्थायी कमिटी बैठकले पनि नयाँ संविधान जारी भएपछि राष्ट्रिय सरकार गठन हुनुपर्ने विषयमा छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>