समाचारबिहीबार, जेठ २१, २०७२
संविधानसभाको बैठक स्थगित
प्रमुख दलहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन छलफलका लागि थप समय मागेपछि संविधानसभा बैठक स्थगित गरिएको छ ।
आज दिउँसो ३ बजे बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको हो । प्रमुख चार दलबीच छलफल भइरहेको र सहमति जुट्न नसकेका बेला थप समय मागिएपछि आगामी बैठक स्थगित गरिएको हो ।
बैठक २५ जेठ दिउँसो ३ बजे बोलाइएको छ । यसअघि, १७ जेठमा पनि दलहरुकै आग्रहमा संविधानसभा बैठक स्थगित गरिएको थियो ।
