समाचारबुधबार, कार्तिक २२, २०६९

बैशाखमा चुनाव: प्रधानमन्त्री भट्टराई

हिमालखबर

२२ कार्तिकमा गृह जिल्ला गोरखा पुगेका प्रधानमन्त्री भट्टराईले राजनीतिक दलहरुबीच आगामी वैशाखमा निर्वाचन गर्ने अनौपचारिक सहमती बनिसकेको पनि बताएका छन् ।

यसअघि प्रधानमन्त्री भट्टराईले १४ जेठमा संविधान सभा विघटन हुनुभन्दा १० मिनेट पहिले बालुवाटारमा पत्रकार सम्मेलन गरी नयाँ निर्वाचनको घोषणा गरेका थिए । घोषणा अनुसार ७ मंसीरमा चुनाव गराउन नसक्ने भएपछि उनले संविधान सभाको पुनःस्थापनाका पक्षमा पैरवी गर्दै आए पनि अहिले अचानकै निर्वाचनको चर्चा गरेका हुन् ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले संविधान सभाको पुनःस्थापना गर्न नहुने भन्दै नयाँ निर्वाचनमा जानुपर्ने निर्णय गरिसकेका छन् ।

राजनीतिक दलहरुबीच निर्वाचनमा जाने सैद्धान्तिक सहमति भए पनि आफैंले घोषणा गरेको चुनाव गराउन नसकेका प्रधानमन्त्री बाबुराम भट्टराई सरकारबाट हट्नु पर्ने अडानमा विपक्षी दलहरु छन् ।

महेन्द्र उच्च मावि कुन्दुरटारको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्न बिहानै हेलिकप्टरबाट गोरखा पुगेका प्रधानमन्त्रीले विपक्षी दलहरुले बजेटमा अनावश्यक बखेडा झिकिरहेको आरोप लगाउँदै राजनीतिक सहमती नभए सरकारले अध्यादेशबाट भएपनि बजेट ल्याउने दाबी गरे ।

कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रधानमन्त्री भट्टराईलाई नेकपा एमालेका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>