समाचारबिहीबार, जेठ २१, २०७२
उद्धारमा सघाउन आएका भारतीय सैनिक फिर्ता
महाभूकम्पपछि नेपाललाई उद्धार कार्यमा सघाउन आएका सबै भारतीय सैनिक २१ जेठमा फिर्ता भएका छन् ।
नेपाली सेनाको समन्वयमा उद्धार कार्यमा खटिएका सबै भारतीय सैनिक २१ जेठमा फिर्ता भएका हुन् । भारतबाट १ हजार ४१५ सैनिक नेपाल आएका थिए ।
भारतीय सैनिकसँगै भारतबाट उद्धार कार्यमा सहयोग गर्न ल्याइएका आठवटा एमआइ–१७ हेलिकप्टर र पाँचवटा एएलएच हेलिकप्टर समेत फिर्ता भएका छन् ।
प्रधानसेनापति गौरव शम्शेर जबराले भारतीय सेनाले खोज, उद्धार एवम् राहत कार्यमा गरेको सहयोगको प्रशंसा गरे ।
सेनाका प्राविधिक उपरथी पाईलट शतिस चन्द्र शाहले भारतीय सेनाका टास्कफोर्स हेडक्वार्टरका ब्रिगेडियर जनरल जे गम्लिन र एअर कमाण्डर एचके सुरेशलाई सैनिक हवाई महानिर्देशनालयमा आयोजित कार्यक्रममा विदाइ गरेका थिए ।
