समाचारशनिबार, जेठ २३, २०७२
निर्माणमा जुट्ने बेलाः खनाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
स्वयमसेवक दस्ताले आज भक्तपुरको चाँगुनारायण उच्च माविको भत्किएको भवनको भग्नावशेष हटाउने तथा विद्यालयको टहरा निर्माण कार्यक्रममा सहभागी हुँदै उनले यो दुःखद र विपतकाे घडीको सबैले मिलेर सामना गर्दै नयाँ ढङ्गले समाज निर्माणमा लाग्नुपर्ने बताए ।
उनले, “देशमा जतिसुकै आपत आए पनि मिलेर जुट्नुपर्छ, सबै एकताबद्ध भएर विपत्तिको सामना गरेर विपत्तिको व्यवस्थापन गर्नुपर्छ ।”
