समाचारसोमबार, जेठ २५, २०७२
नेपाली पोसाकलाई सहुलियत दिन अमेरिकी सिनेटमा प्रस्ताव
भूकम्पका कारण नेपालको अर्थतन्त्र जोखिममा परेको भन्दै अमेरिकी सिनेटमा नेपालको तयारी पोसाकलाई भन्साररहित सुविधा दिने प्रस्ताव गरेको छ ।
क्यालिफोर्नियाकी सिनेटर डायनल फेनिस्टिनले जनवरीमा पेश गरेको विधेयकमा संशोधन गरी तत्काल सुविधान दिन माग गरेकी हुन।
भूकम्पका कारण नेपाल समस्यामा परेको उनले सुविधाको माग गर्दै आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्, अफ्रिकी देशहरुलाई यस्तो सुविधा दिइएकाले नेपाली तयारी पोसाकमा पनि भन्साररहित सुविधा दिन सकिन्छ ।
कान्तिपुर दैनिकबाट
