समाचारसोमबार, जेठ २५, २०७२

१ लाख ३१ हजार नक्कली नोट सहित शिक्षक पक्राउ

हिमालखबर

hathkadiपर्साको सुर्जाहामा १ लाख ३१ हजार नक्कली नोट सहित शिक्षक पक्राउ परेका छन् ।

सूर्जाहास्थित संसारीमाई निमाविका शिक्षक रामानन्द प्रसाद कुर्मी पाँच सय दरका २६२ थान नेपाली नक्कली नोट सहित पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

पर्साको रानीगंज रहरीयाबाट सूर्जाहास्थित विद्यालयमा पढाउन हिडेका शिक्षक कुर्मीलाई प्रहरीले बीच बाटोबाटै नक्कली नोट सहित पक्रेको थियो ।

कुर्मीलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । स्थानीयवासीले भने शिक्षक कुर्मीलाई प्रहरीले फसाएको आरोप लगाएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>