समाचारसोमबार, जेठ २५, २०७२
शीर्ष नेताहरुबीच छलफल जारी
नयाँ संविधानका अन्तर्वस्तुमा निर्णायक सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अहिले प्रधानमन्त्री निवास बालुवाटार बैठक बसिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका प्रमुख नेताहरु बैठकमा छन् भने अन्य नेताहरु पनि बालुवाटार पुगेका छन् । आज विहान भएको सहमतिलाई अन्तिम रुप दिन दलहरु निर्णायक बैठकमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीच ८ प्रदेशमा जाने, नामाकरण प्रदेशसभा र सीमाकंन आयोगलाई जिम्मा दिने, २७५ जनाको प्रतिनिधीसभामा ६० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट चुनिने सहमति भएको थियो ।
