समाचारमंगलबार, जेठ २६, २०७२
सम्वाद समितिको बैठक आजै
विवादित विषयमा सहमति जुटेसँगै संविधान निर्माण प्रक्रिया अघि बढेको छ ।
लामो समयदेखि स्थगित हुँदै आएको संविधानसभा बैठक शुरु भएको छ भने आजै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक पनि बोलाइएको छ ।
एमाओवादी नेता बाबुराम भट्टराई सभापति रहेको सम्वाद समितिको बैठक साँझ ५ बजे बोलाइएको सभासद रामकुमार राईले बताए । असारभित्रै नयाँ संविधान जारी गर्ने दलहरुबीच भएको सहमति अनुसार संविधान निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।
