समाचारमंगलबार, जेठ २६, २०७२
सीमाकंन अायाेगलाई जिम्मा दिनु संविधानको उल्लङ्घनः यादव
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाकंन आयोगलाई जिम्मा दिनु संविधान विपरीत भएको बताएका छन् ।
यादवले विज्ञप्ती जारी गर्दै अन्तरिम संविधान २०६३ को धारा १३८ को उल्लङ्घन भएको जनाएका छन् । उनले प्रमुख चार दलबीच भएको सहमतिले विभिन्न आन्दोलनको मर्म बिपरीत भएको जनाए ।
यादवले यो सम्झौताको विरुद्ध संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
