समाचारबिहीबार, कार्तिक २३, २०६९

प्रतिपक्षी दलहरूको बैठक आज पनि बस्दै

हिमालखबर

२३ कार्तिकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा  नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माले, राप्रपालगायतका दलहरू सहभागी हुने कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

बैठकमा सहमतिविनाको बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई बुझाइने लिखितपत्र अनुमोदन गर्ने बारे पनि छलफल हुने उनले बताए । यसअघि २२ कार्तिकमा बसेको प्रतिपक्षी दलहरूको संयुक्त कार्यदलको बैठकले राष्ट्रपतिलाई बुझाइने लिखितपत्रको मस्यौदा तयार गरिसकेको छ ।

यसैगरी तिहारलगत्तै गर्ने आन्दोलनको तयारी बारे पनि छलफल हुने नेताहरूले बताएका छन् । सरकारले सहमतिविना पूर्ण बजेटको तयारी थालेपछि प्रतिपक्षी दलहरू जसरी पनि त्यसलाई रोक्ने अभियानमा जुटेका छन् । सहमतीय सरकार गठनपछि मात्रै बजेट ल्याउनुपर्ने उनीहरूको अडान छ ।
सरकारले भने यही कात्तिक महिनाभित्र सहमति भए पनि नभए पनि बजेट ल्याउने तयारी थालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>