समाचारबिहीबार, कार्तिक २३, २०६९

दाहाल र कोइरालाबीच छलफल, कुरा मिलेन

हिमालखबर

दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा दाहालले  अहिलेकै सरकारमा नेपाली कांग्रेस पनि सहभागी भई सहमतीय सरकार बनाउन माग गरेपछि दुवैपक्षबीच कुरा मिल्न नसकेको हो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईकै सरकारमा सहभागी भएर बजेटमा सहमति जनाउन कांग्रेस नेताहरुलाई आग्रह गरेपछि कोइरालाले त्यसमा असहमति जनाउँदै आफूहरु आन्दोलनमा जाने जानकारी गराएको  छलफलमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

“उहाँहरुले बाबुराम भट्टराईकै सरकारमा आउन भन्नुभयो, हामीले असहमति जनायौं,” पौडेलले भने,“सहमतिका लागि माओवादी सकारात्मक छैन ।”

राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना पनि क्षीण हुँदै गएको भन्दै पौडेलले अब आन्दोलनको विकल्प नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>