समाचारबिहीबार, कार्तिक २३, २०६९

भट्टराई सरकार अहिलेसम्मकै भ्रष्टः अध्यक्ष यादव

हिमालखबर

२३ कार्तिकमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पर्व सकिए लगत्तै सरकार हटाउन आन्दोलन गर्ने भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई आफैं सत्ताबाट बाहिरिए बेस हुने बताए ।

उनले संसद नभएका बेला सबै दलहरुको सहमतिमा मात्रै बजेट ल्याउनु पर्ने भन्दै सरकारले एकलौटी अध्यादेश मार्फत बजेट ल्याउन नमिल्ने र यदि त्यसो गरेमा राष्ट्रपतिले अस्वीकार गर्नुपर्नेमा जोड दिए ।

“अध्यादेशबाट राष्ट्र सञ्चालन गर्न खोज्नु लोकतन्त्रको घाँटी निमोठ्नु सरह हो,” यादवले भने, “पूर्ण बजेट ल्याउन सबै राजनीतिक शक्तिबीच सहमति हुनु जरुरी छ ।”

फोरम अध्यक्ष यादवले तीन प्रमुख दलहरुले सत्ता केन्द्रित राजनीति गरिरहेको आरोप लगाउँदै  स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्ने धारणा व्यक्त गरे ।

एक अर्को प्रसंगमा उनले राष्ट्रपतिले कु गर्ने भन्ने हल्लामात्रै भएको भन्दै नेपालमा त्यो असम्भव भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>