समाचारबिहीबार, कार्तिक २३, २०६९
पूर्व राजालाई प्रधानमन्त्रीको चेतावनी
नेपाल पब्लिक क्याम्पस संघको काठमाडौंमा जारी नवौं महाधिवेशनलाई २३ कार्तिकमा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले पूर्व राजा शाह विभिन्न स्थानको भ्रमण गर्ने बहानामा राजनीतिमा सक्रिय हुन खोजेको बताए ।
केही दिनअघि चितवनको दियालो बङ्गालाबाट पूर्व राजा शाहले पदयात्रा शुरु गरेर सक्रिय हुन खोजको भन्दै प्रधानमन्त्री भट्टराईले सरकराले उपलब्ध गराएका सुबिधा कटौती गर्नसक्ने चेतावनी दिएका हुन् ।
उनले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा अवसान भएको राजसंस्थाले सक्रिय हुन खोजे जनताले नै ठेगान लगाउने पनि बताएका थिए ।
