समाचारशनिबार, जेठ ३०, २०७२

संविधान आएपछि सुखका दिन आउने छन्ः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लोकतान्त्रिक संविधान जारी भएपछि सुखका दिन आउने दाबी गरेका छन् ।

प्रधानमन्त्री निवासमा ३० जेठमा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञ सभाको बैठकमा प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले भने, “संविधानको कुरा गर्दा म सधैँ आशावादी थिएँ, लोकतन्त्र नभइ, संविधान नभइ शान्ति, स्थायित्व र विकास हुँदैन ।”

उनले देशका ३०÷४० लाख युवा कामको खोजीमा बाहिरिनु परेको प्रसङ्ग उल्लेख गर्दै थपे, “नेपालीले साह्रै दुःख पाएका छन्, हामीले पनि दुःख पायौँ, लोकतान्त्रिक संविधान आएपछि भावी सन्ततिले दुःख पाउने छैनन् ।”

नेपालले आफ्नो प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री कोइरालाले “ पानी बगिरहेको छ, हामीले प्रयोग गर्न सकेका छैनौँ, आपूmले नसकेपछि कसैको मद्दत नलिइ हुँदैन, भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ । विभिन्न कम्पनीसँग परियोजना विकास सम्झौता ९पीडिए० भएको छ, त्यसले लगानीको वातावरण बनिरहेको छ ।”

उनले कृषिको समुचित र दिगो विकासका लागि सिँचाइ र सडक सुविधा पु¥याउन, पर्यटनका पूर्वाधार विकास गर्न र नेपाललाई पर्यटकीय गन्तव्य बनाउन पनि मुलुकमा शान्ति र स्थायित्व अपरिहार्य भएकोमा जोड दिए । भने, “अशान्तिको वातावरणमा कसैले लगानी गर्दैन ।”

प्रधानमन्त्री कोइरालाले मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको कर्णाली अञ्चलमा चिकित्साशास्त्र पढाउने ‘मेडिकल कलेज’को स्थापना हुनु गौरवको विषय भन्दै त्यसलाई भौतिक पूर्वाधार, आवश्यक उपकरण र दक्ष जनशक्तिले सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>