समाचारआइतबार, जेठ ३१, २०७२
मकवानपुर पुगे राष्ट्रपति
-सुरजकुमार भुजेल, मकवानपुर
महाभूकम्प प्रभावित जिल्लाहरुको भ्रमणलाई राष्ट्रपति रामवरण यादवले तीव्र बनाएका छन् ।
नेपाली सेनाका परमाधिपति समेत रहेका उनी राजनीतिक दलका नेताहरु लिएर भूकम्प प्रभावित जिल्लाहरुमा पुग्ने गरेका छन् । उनी आज एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित मकवानपुर पुगेका थिए ।
थाहा नगरपालिकास्थित सबुजगणमा आयोजित कार्यक्रममा राष्ट्रपति यादवले प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाबाट भूकम्पले पुगेको क्षतिबारे जानकारी लिएका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनीधि, सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
