समाचारबिहीबार, कार्तिक २३, २०६९

शिक्षण अस्पताल महाराजगञ्जका डिन प्रकाश सायमीद्वारा राजीनामा

हिमालखबर

महाराजगञ्ज शिक्षण अस्पताल र नर्सिङ् क्याम्पसमा सहायक डिन र क्याम्पस प्रमुखको नियुक्ति आफ्नो सिफारिस अनुसार नभए राजीनामा गर्ने भन्दै सात दिनअघि डिन सायमीले दिएको अल्टिमेटम पूरा नभएपछि राजीनामा गरेको  अस्पतालका बरिष्ठ चिकित्सक प्राध्यापक डा. जगदिश अग्रवालले जानकारी दिए ।

डा. सायमी जस्तो कर्तब्यनिष्ठ डिनको राजीनामा अप्रिय घटना भन्दै राजनीतिक भागबण्डामा शिक्षण अस्पतालका पदहरुमा नियुक्त गरेर वेथिति बढाउन खोजिएको डा. अग्रवालले प्रतिक्रिया दिएका छन् ।

तेस्रो पटक आमरण अनसन बस्छुः प्रा. डा.  केसी

त्रिविका पदहरुमा कार्यक्षमता, बरिष्ठता र योग्यताका आधारमा नियुक्त हुनुपर्ने भन्दै दुई पटक आमरण अनसन गरिसकेका प्राध्यापक डाक्टर गोबिन्द केसीले  राजनीतिक भागवण्डामा कुरा नमिल्दा शिक्षण अस्पतालमा विभिन्न पदहरु एक वर्षदेखि रिक्त रहेको वताए ।

उनका अनुसार ती पदहरुमा बरिष्ठ र सक्षमहरुलाई गरिएको सिफरिस अस्वीकार गर्दै त्रिवीका उपकुलपति, रेक्टर र रजिष्टारले राजनीतिक भागवण्डाकै आधारमा सिफारिस गर्न डिन सायमीलाई दवाब दिंदै आएका छन् ।

तुरुन्तै वरिष्ठ र सक्षमलाई नियुक्त गरेर पदपुर्ति नगरिए कुलपतिका हैसियतले प्रधानमन्त्री बाबुराम भट्टराईले उपकुलपति, रजिष्टार र रेक्टरलाई कार्वाही गर्नु पर्ने प्राध्यापक केसीले माग गरे ।

उनले आफ्ना मागहरु पूरा नगरी स्वस्थ्य शिक्षण संस्था जस्तो संवेदनशिल क्षेत्रमा खेलवाड गरिए पुनः आमरण बस्ने चेतावनी पनि दिएका छन् ।

डा. सायमीले दिएको राजीनामा भने स्वीकृत नभएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>