समाचारसोमबार, जेठ ३२, २०७२

फोरम नेपाल, संघीय समाजवादी र खस राष्ट्रिय समावेशी पार्टीको एकता आज

हिमालखबर

मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच आज एकता हुँदैछ ।

काठमाडौंको सोह्रखुट्टेस्थित नेवा पार्टी प्यालेसमा पार्टी एकता कार्यक्रम हुदैछ । उक्त एकीकृत पार्टीको नेतृत्व उपेन्द्र यादवले गर्ने जनाइएको छ ।

१० जना सभासद् रहेको फोरम नेपाल र ५ जना सभासद् रहेको संघीय समाजवादी पार्टीबीचको एकतापछि दलको नेता तथा बरिष्ठ नेता अशोक राई रहनेछन् ।
संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ सह–अध्यक्ष हुने उक्त पार्टीमा पाँच उपाध्यक्ष हुनेछ । फोरम नेपाल र संघीय समाजवादीले दुई/दुई उपाध्यक्ष, खस राष्ट्रिय समावेशीले एक उपाध्यक्ष पाउँनेछ । यस्तै, महासचिव फोरम नेपालबाट र एक/एक उपमहासचिव पद बाँडफाँड गरिएको छ ।

एकल जातीय पहिचानसहितको संघीयताका लागि एमाले तयार नभएको भन्दै तत्कालीन उपाध्यक्ष अशोक राईले संघीय समाजवादी पार्टी गठन गरेका थिए भने मधेशी जनाधिकार फोरम नेपाल नामक गैरसरकारी संस्थालाई यादवले २०६३ पछि राजनीतिक पार्टीमा रुपान्तरण गरेका थिए ।

यो एकताले पार्टीलाई थप समावेशी बनाउन सहयोग गरेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले बताए । यादवको पहाडी क्षेत्रमा कमजोर प्रभाव रहेको र राईको पार्टी मधेशमा कमजोर छ ।

एकीकरणपछि पार्टीको नाम संघीय समाजवादी फोरम रहनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>