समाचारमंगलबार, आषाढ १, २०७२
स्नातकोत्तर प्रथम वर्षकाे परीक्षाफल प्रकाशित
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथम वर्षकाे परीक्षाफल सार्वजनिक गरेकाे छ ।
२०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल प्रकाशन गरिएको हाे।
परीक्षाफल प्रकाशन गरिएकामा पत्रकारिता तथा आमसञ्चार, मनोविज्ञान, भाषा विज्ञान, हिन्दी, नेपाल भाषा, बौद्ध अध्ययन, संस्कृत, चित्रकला/मूर्तिकला र सङ्गीत विषय छन् ।
