समाचारबिहीबार, कार्तिक २३, २०६९

राति ११ बजेपछि देउसी खेल्न नपाइने

हिमालखबर

२३ कार्तिकमा सार्वजनिक हितका लागि सूचना गर्दै जिल्ला प्रशासन कार्यालयले तिहारको अवसरमा खेलिने देउसी, भैलोलाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन नगरी जबरजस्ती गर्ने एवम् राति ११ बजेपछि देउसी भेलो खेल्ने कार्य नगर्न भनेको छ ।

सूचनाको बर्खिलाप गर्ने जो कोही व्यक्ति वा समूहमाथि प्रचलित कानुनबमोजिम सजाय हुने  काठमाडौं प्रशासनले जनाएको छ ।

आतिसबाजीमा पनि रोक

त्यसैगरी तीहार र छठमा पटाका, भुइँचम्पा, आतीसबाजीलगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरूको उत्पादन, आयात, ओसारपसार, सञ्चय, बिक्री–वितरण तथा प्रयोग गर्नमा पनि सूचनामार्फत प्रशासनले रोक लगाएको छ ।

त्यस्तै, सूचनामा चाडपर्वमा मनोरञ्जन गर्ने बहानामा जुवातास खेल्ने/खेलाउने, म्याद नाघेका अखाद्य वस्तुहरू बिक्री वितरण गर्ने, सर्वसाधारणलाई अत्यावश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव खडा गर्ने, सामाजिक सङ्घसंस्थाका नाममा विभित्र व्यापार एवम् व्यक्तिहरूबाट चन्दा उठाउने, कानुनले निषेधित गरेको सार्वजनिक स्थानमा मदिरा तथा सुर्तिजन्य पदार्थको बेचविखन तथा सेवन गर्ने कार्य गर्न गराउन पनि निषेध गरिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>