समाचारबुधबार, आषाढ २, २०७२
पहिरोले गाडी पुर्दा दुई बिदेशी चिकित्सकको मृत्यु
बुटवल—पाल्पा राजमार्ग खण्डको सिद्धबाबामा ढुंगे पहिरोले जीप पुर्दा दुई जना बिदेशी चिकित्सकको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवल आउंदै गरेको लु १ च १७० नम्बरको जिप्सी जीपमा पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट चार जना चिकित्सकहरु चढेका थिए । तिमध्ये डा.यशोधा कोचर र उनका श्रीमान डा.कोचरको मृत्यु भएको हो । उनीहरु भारतीय भएको अनुमान छ ।
माथिबाट खसेका ठूला ढुंगाले जीप पूरै थिचिएको र ढुंगा झर्न नरोकिएकाले शव निकाल्न समस्या भईरहेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख, डिएसपी दिलिप घिमिरेले बताए । शव र जीप निकाल्न डोजरको प्रयोग भईरहेको छ ।
घटनास्थलबाट प्रहरीले दुई जना चिकित्सक डा. बिक्रान्ति र डा. प्रतिकलाई उद्धार गरेको छ । घाईते उनीहरुको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
पहिरो अपराह्न ४.३० बजे गएको थियो ।
दीपक ज्ञवाली
