समाचारबिहीबार, आषाढ ३, २०७२

व्यवस्थापिका–संसद्को सचिवमा शर्मा नियुक्त

हिमालखबर

व्यवस्थापिका–संसद्को रिक्त सचिव पदमा संसद् सचिवालयका सहसचिव मुकुन्दप्रसाद शर्मा नियुक्त भएका छन् ।

सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले ३ असारमा शर्मालाई सचिव पदमा नियुक्ति गरेको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

१४ जेठमा सचिव ठाकुरप्रसाद बरालले राजीनामा दिएपछि रिक्त रहेको सचिव पदमा शर्मालाई नियुक्त गरिएको हो ।

लोकसेवा आयोगका सदस्य गोविन्द कुसुम संयोजक रहेको सिफारिस समितिले उक्त पदका लागि मुकुन्दप्रसाद शर्मा, सोमबहादुर थापा र हिमलाल सुवेदी तीनजनामध्येबाट ज्येष्ठता र अनुभवका आधारमा एक जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>