समाचारबिहीबार, आषाढ ३, २०७२

मस्यौदा समितिमा विवाद टुंगिदैनः भट्टराई

हिमालखबर

baburamपूर्व प्रधानमन्त्री एवम् एमाओबादीका नेता बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन् ।

गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भने, “प्रमुख राजनीतिक दलहरूबीच संबिधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ । छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो” उनले भने, “मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।”

आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले नयाँ संबिधान जारी हुने उनले प्रतिबद्धता जनाए । हल्लाको भरमा जनता लाग्न नहुने भन्दै उनले यसअघि दलहरूबीच भएको धर्मनिरपेक्षता जस्ता ठूला विषय अब परिवर्तन नहुने उल्लेख गरे ।

शक्ति बाँडफाटमा दलहरूबीच सहमति नभएको बताउँदै उनले राष्ट्रप्रमुख वा राष्ट्रपति के शब्द राख्ने भन्नेबारे बिबाद नभएको दाबी गर्दै राष्ट्रपतिको ठाउँमा राष्ट्रप्रमुख राख्दा खासै फरक नपर्ने धारणा राखे ।

“संबिधान जारी गरेर प्रधानमन्त्रीले छोड्छु भन्नुभएको छ”, उनले भने, “साउनमा राष्ट्रिय सरकार गठन हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>