समाचारशुक्रबार, आषाढ ४, २०७२

एसएलसीको नतिजा आज साँझ

हिमालखबर

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा आज ४ असारमा सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिए । गत वर्ष ३० जेठमा नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका कारण केही दिन ढिलो भएको हो ।

परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५:०० बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्राविधिकको एक साता ढिलो: कोही अनुत्तीर्ण नहुने
यस वर्षदेखि शुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र ग्रेडिङ पद्धतिबाट हुने बताउँदै परीक्षा नियन्त्रक द्वारेले भने, “एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।”

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>