समाचारशुक्रबार, आषाढ ४, २०७२

प्रमले राष्ट्रपतिलाई भेटे, प्राधिकरण अध्यादेश सम्बन्धी छलफल

हिमालखबर

राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।

सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि उच्चस्तरीय प्राधिकरण गठन गर्न अध्यादेश ल्याउन लागेकाले प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई सो जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए ।

व्यवस्थापिका–संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत प्राधिकरण गठनसम्बन्धी कानून पारित गर्ने भएकाले प्रधानमन्त्री कोइरालाले यसबारेमा पूर्व जानकारी गराएका हुन् ।

भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन नेपालमा हुने अन्तर्राष्ट्रिय दाताको सम्मेलन अघि प्राधिकरण गठनका लागि आज ४ असारमा बस्ने मन्त्रिपरिषद्को बैठकले प्राधिकरण गठनसम्बन्धी अध्यादेश पारित गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>