समाचारशुक्रबार, आषाढ ४, २०७२

सीमान्तकृत समुदायका २० जना कानून व्यवसायी तयार

हिमालखबर

unnamed

अभ्यासवृत्ति पूरा गरेका कानून व्यवसायीहरु प्रमाणपत्र लिएपछि सामूहिक तस्वीर खिचाउँदै ।

कानून व्यवसायीका रुपमा काम गर्न चाहेका तर पेशागत सीप निखार्ने अवसर नपाएका सीमान्तकृत समुदायका २० जना युवा इन्टर्नसिप (अम्यासवृत्ति) मार्फत् नवप्रवेशी कानून व्यवसायीका रुपमा तयार भएका छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को कानूनी शासन तथा मानव अधिकार सबलीकरण कार्यक्रम र नेपाल बार एशोसियसनको संयुक्त पहलमा सीमान्तकृत समुदायका यी २० युवा कानून व्यवसायी तयार भएका हुन् । उनीहरुलाई लक्ष्यित गरी सञ्चालन गरिएको ६ महिने कार्यक्रम ४ असारमा सम्पन्न भएको छ ।

कानून व्यवसायमा प्रवेश गर्न चाहेका र पेशागत सीप निखार्न अवसर पाउन नसकेका महिला एवम् विभिन्न सीमान्तकृत समुदायका युवा कानून व्यवसायीलाई यसमा छनोट गरिएको थियो । १५ महिला र ५ पुरुष सहभागी यो अभ्यासवृति कार्यक्रममा जनजाति समुदायका ६, दलित समुदायका ३, अपांगता भएका १ र पिछडिएको क्षेत्र तथा मधेशी समुदायका १–१ जनाले भाग लिएका थिए ।

उनीहरुको अभ्यासगत ज्ञान, सीप एवम् पेशागत आत्मविश्वास बृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरुलाई पहिलो एक महिना सैद्धान्तिक ज्ञान, त्यसपछिका ४ महिनासम्म मासिक बृतिसहित ल फर्म तथा सरकारी कार्यालयहरुमा इन्टर्नसिपको अवसर दिइएको थियो भने अन्त्यमा पुनर्ताजगी तालिम समेत दिइएको थियो ।

कार्यक्रममा सहभागी युवा कानून व्यवसायीहरुलाई ४ असारमा आयोजित एक कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्की, युएनडीपी नेपालका निर्देशक सोफी केमखाजेले प्रमाणपत्र प्रदान गरे ।

सन् २०१४ देखि सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत् यसअघि समेटिएका १५ जना युवा कानून व्यवसायीहरुले आफ्नो पेशामा राम्रो कार्यसम्पदान गर्न शुरु गरिसकेको युएनडीपी नेपालका निर्देशक सोफी केमखाजेले बताइन् । उनले यो कार्यक्रमले सीमान्तकृत समुदायको न्याय तथा कानून क्षेत्रमा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>