समाचारआइतबार, आषाढ ६, २०७२
एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण
नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण भएको छ ।
त्यहाँस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा उनको परीक्षण गरिएको हो । अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको उहाँका स्वकीय सचिव रमेश आचार्यले बताए ।
मिर्गाैला प्रत्यारोपण गरिएका ओलीलाई पछिल्लो समयमा फङ्गल सङ्क्रमण पनि देखिएको थियो ।
गत २ असारमा उपचारका लागि बैंकक गएका अध्यक्ष ओली ८ असारमा स्वदेश फर्कने कार्यक्रम छ । उनी सिङ्गापुर हुँदै नेपाल आउने बुझिएको छ । रासस
