समाचारसोमबार, आषाढ ७, २०७२

‘प्राधिकरणमा एमाओवादी बस्दैन’

हिमालखबर

nepal_newsparisdadaएमाओवादीका नेताहरुले प्रधानमन्त्री नेतृत्वको पुनःनिर्माण प्राविधिकरणमा नबस्ने बताएका छन् ।

संसद्बाट ऐन बनाएर स्वतन्त्र र अधिकार सम्पन्न प्राधिकरणको माग गर्दै आएको एमाओवादीका नेताहरुले अध्यादेशमार्फत प्रधानमन्त्री नेतृत्वमा बन्ने प्राधिकरणमा नबस्ने जनाएका हुन् ।

उनीहरुले प्राधिकरणलाई कार्यकर्तालाई रोजगार दिने निकाय बनाइएको टिप्पणी गरेका छन् । पार्टी सचिव टोपबहादुर रायमाफीले पुनःनिर्माण प्राधिकरणलाई नौटंकीको संज्ञा दिए ।

उनले भने, ‘‘पुनःनिर्माण प्राधिकरणमा एमाओवादी बस्नुको औचित्य छैन ।’’ रिपोर्टर्स क्लबले काठमाडांैमा गरेको कार्यक्रममा उनले स्वतन्त्र नवनिर्माण प्राधिकरणको कुरा गरेकोमा प्रधानमन्त्रीको नेतृत्वमा नौटंकीपूर्ण प्राधिकरण गठन भएको आरोप लगाए ।

रायमाफीले भने, ‘‘प्रधानमन्त्रीको नेतृत्वमा सरकार छदैथियो नि, किन प्राधिकरण चाहियो ?’’ उनले प्राधिकरणको कल्पनाकार बाबुराम भट्टराईलाई प्राधिकरणको नेतृत्व दिनुपर्ने बताए ।

भक्तपुरमा आयोजित कार्यक्रमा एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्राधिकरण भर्तीकेन्द्र बनाइएको बताए । उनले भने, ‘‘कार्यकर्तालाई जागिर खुवाउन बनाइएको प्राधिकरणमा एमाओवादी जाँदैन ।’’

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्राधिकरण बनाउने विषयमा विपक्षीको कुरा नसुनेर गल्ती भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>