समाचारसोमबार, आषाढ ७, २०७२

राष्ट्रपतिलाई सभाध्यक्षकाे जवाफ, ‘हामीलाई होइन, प्रधानन्यायाधीशलाई संयम हुन सुझाउनुस्’

हिमालखबर

subash_nembangसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभा आफ्नो दायित्वप्रति पूर्ण सचेत रहेको बताएका छन् ।

राष्ट्रपति रामवरण यादवले राखेको जिज्ञासाप्रति नेम्वाङले राज्यका सवै अंग आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्ने बताए । उनले भने, ‘‘संविधानसभा सीमाभित्र रहेर काम गरिरहेको छ, बरु प्रधानन्यायाधीशलाई संयम हुन सुझाउनुहोस् ।’’

शितल निवास पुगेका नेम्वाङलाई राष्ट्रपति यादवले संयमभ एर अगाडि बढ्न सुझाएका थिए । जवाफमा नेम्वाङले भने, ‘‘संविधान लेखनको काम कसरी अगाडि बढाउने, विषयवस्तुलाई कसरी टुङ्गो लगाउने, कुनलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने भन्ने दायित्व संविधानसभाको हो । यो दायित्वलाई पूरा गर्न हामी तयार छौं, सक्षम छौं।’’

राष्ट्रपति यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन र हार्दिकता कायम गरेर अगाडि बढ्नुपर्ने, विवाद बढाउन नहुने र संयमता अपनाएर अगाडि बढ्नपर्नेमा जोड दिएका थिए ।

सर्वाेच्चको अन्तरिम आदेशपछि अदालत र दलहरुबीच, कार्यकारिणी र अदालतबीच, संविधानसभा र न्यायपालिकाबीच विवाद देखिएको औँल्याउँदै राष्ट्रपति यादवले यस्तो हुन नदिन नेम्वाङलाई आग्रह गरेका थिए ।

सभाध्यक्ष नेम्वाङले विगतमा संविधान समयमा बनेन भनेर अदालतलगायत सबैको चिन्ता रहेकामा यस पटक दलहरुले सबैको चिन्ता देखेर आपसमा सहमति गरेको बताए । उनले सहमतिका आधारमा अहिले संविधान लेखनको काम सहजताका साथ अगाडि बढेको जानकारी गराए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>