समाचारमंगलबार, आषाढ ८, २०७२
समाजसेवी निर्मलाको निधन
समाज सेवाको क्षेत्रमा चर्चित मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन भएको छ ।
मदर टेरेसाको सन् १९९७ मा निधन भएपछि सिस्टर निर्मलाले टेरेसाद्वारा स्थापित भारतको कोलकातामा केन्द्रीय कार्यालय रहेको ‘मिशनरीज अफ च्यारिटी’ को जिम्मेवारी सम्हालेकी थिइन् । यो संस्था विश्वका १३३ देशहरुमा सक्रिय छ ।
नेपाली मुलकी सिस्टर निर्मला (निर्मला जोशी) को ८१ वर्षको उमेरमा ७ वैशाख राति भारतको कोलकातामा निधन भएको हो ।
सन् १९३४ मा स्याङजामा जन्मिएकी निर्मला भारतीय सेनाका जागिरे आफ्ना पिता महानन्द जोशीसँगै भारत पुगेकी थिइन् ।
निर्मलाको निधनमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले दुख एवम् श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
