समाचारमंगलबार, आषाढ ८, २०७२

उच्च माविले भर्ना फाराम शुल्क रु २५ मात्र लिन पाउने

हिमालखबर

कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत रु २५ मात्रै लिन पाउने भएका छन् ।

कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले रु २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो ।

परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने रु एक सय तय गरिएको जनाएको छ ।

तोकिएको भन्दा बढी शुल्क नलिन उच्च माविलाई परिषद्ले सूचित गरेको छ ।

विद्यार्थी तथा अभिभावकलाई पनि परिषद्ले तोकेको भन्दा बढी शुल्क नदिन आग्रह गरेको छ ।

उच्च माविलाई शुल्क बुझाएको रसिद अनिवार्य रुपमा लिन परिषद्ले विद्यार्थी तथा अभिभावकको ध्यानाकर्षण पनि गराएको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित उच्च माविलाई कारबाही गरिने परिषद्ले स्पष्ट पारेको छ ।

परिषद्बाट निर्धारित छात्रवृत्ति कोटा सुरक्षित राख्न र प्रवेशिकाको नतिजा सार्वजनिक भएको मितिबाट न्यूनतम १५ दिने समयसीमा दिएर भर्ना गर्न उच्च माविलाई परिषद्ले निर्देश गरेको छ ।

नेपाल सरकारबाट लागू गरिएको आचार संहिताभित्र रहेरमात्रै विज्ञापन गर्न पनि परिषद्ले सबै उच्च माविलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>