समाचारमंगलबार, आषाढ ८, २०७२
सर्वोच्चले निकास दिन्छः नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले कसैप्रति आरोप प्रत्यारोप गर्नुभन्दा संविधान निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
१६ बुँदे सहमति कार्यन्वयनमा रोक लगाउने सर्वोच्चको अन्तरिम आदेशप्रति लक्षित गर्दै नेता नेपालले न्यायधीशमाथि महाभियोग लगाउनेबारे एमालेभित्र कुनै छलफल नभएको प्रस्ट पारे ।
८ असारमा जनकपुर आइपुगेका उनले भने, “अहिले आरोपप्रत्यारोप गर्नुभन्दा पनि सबैदल संविधान निर्माणमा जुट्नु जरुरी छ ।” सर्वोच्च अदालतले दिएको फैसलापछि उत्पन्न परिस्थितिको निकास पनि सर्वोच्चबाटै पाइने उनले बताए । भने, “सरकार अहिले त्यसकै तयारीमा छ ।”
धनुषाको नाथपट्टी बिसरभोरामा वाचनालयको उद्घाटन गर्न जनकपुर आईपुगेका नेता नेपाल ८ असारमै काठमाडौं फर्किएका छन् ।
ईश्वरचन्द्र झा, जनकपुर
