समाचारबिहीबार, आषाढ १०, २०७२
दाता सम्मेलनमा सहयोग घोषणा: एडिबी ६० अर्ब, अमेरिका १३ अर्ब, इयु ११ अर्व, नर्वे ३ अर्ब
भूकम्पपछिको पुननिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई रु ६० अर्ब सहयोगको घोषणा गरेको छ ।
राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै एडिबीका अध्यक्ष ताकेहिको नाकाओले तत्कालका लागि २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणमा सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान गरी २५ अर्ब सहयोग उपलब्ध गराउने बताए । उनले थप सहयोग गरेर ६० अर्बसम्म पुर्यामउने वचन पनि दिएका छन् ।
त्यस्तै युरोपियन युनियन (इयू) ले ११ अर्ब ५० करोड सहयोग रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सम्मेलनमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले अमेरिकाले रु १३ अर्ब सहयोग गर्ने बताए भने नर्बेका विदेशमन्त्री वर्ग ब्रेन्डेले रु ३ अर्ब सहयोग गर्ने घोषणा गरेका छन् ।
भारतले पुन:निर्माणको लागि १ खर्ब सहयोग गर्ने, चीनले ७७ अर्ब
