समाचारबिहीबार, आषाढ १०, २०७२
अपेक्षा भन्दा बढी प्रतिवद्धताः अर्थमन्त्री महत
अर्थमन्त्री रामशरण महतले दाता सम्मेलन अत्यन्त सफल भएको बताएका छन् ।
उनले ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ सफल भएको बताएका हुन् । महतले भने, ‘‘सम्मेलनमा अपेक्षा गरे भन्दा पनि राम्रो उपस्थिति र प्रतिबद्धता प्राप्त भएको तथा यसबाट नेपालको पुनःनिर्माणमा महत्वपूर्ण सन्देश मिलेको छ ।’’
उनले सम्मेलनबाट आगामी दिनमा देशको आर्थिक अवस्था सबल बन्ने विश्वास व्यक्त गरे ।
