समाचारबिहीबार, आषाढ १०, २०७२
संसद् प्रवक्तामा गौतम
व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्तामा सहसचिव भरतराज गौतम नियुक्त भएका छन् ।
यसअघिका प्रवक्ता मुकुन्द शर्मा सचिवालयको सचिवमा बढुवा भएपछि प्रवक्ताको पद रिक्त थियो । २०५१ मा संसद् सेवामा प्रवेश गरेका गौतम संसद् मातहतको विधायन र राज्य व्यवस्था समितिको सचिव तथा संविधानसभा, नागरिक सम्बन्ध समितिको सचिव र संसद्को सञ्चार महाशाखाको प्रमुख हुन् ।
संसद् सचिवालयलमा आज आयोजित पत्रकार भेटघाटमा उनले संसद्लाई प्रेसमैत्री बनाउने र सूचना प्रवाहमा कुनै कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गरे ।
