समाचारशुक्रबार, आषाढ ११, २०७२

तत्काल पक्राउ पुर्जीको अधिकार नदिन निर्देशन

हिमालखबर

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जीको अधिकार नदिन निर्देशन दिएको छ ।

गृहमन्त्री बामदेव गौतमलाई ११ असारमा बसेको बैठकमा बोलाएर समितिले यस्तो निर्देशन दिएको हो । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार दिने नियमावलीकाे मस्याैदा तयार भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद उत्पन्न भएको थियो ।

समितिको बैठकमा गृहमन्त्री गौतमले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिनुपर्ने बताएका थिए । सशस्त्र प्रहरी स्काउटजस्तो नभएकाले पक्राऊ पुर्जीको अधिकार दिनुपर्ने गृहमन्त्रीको तर्क थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>