समाचारशनिबार, आषाढ १२, २०७२
खोज पत्रकारिता केन्द्रमा नयाँ कार्य समिति
खोज पत्रकारिता केन्द्रको विशेष साधारण सभाले नम्रता शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
१२ वैशाखमा भएको सभाले अध्यक्षमा नम्रता शर्मा, उपाध्यक्षमा रविन सयामी, महासचिवमा पवन आचार्य, कोषाध्यक्षमा इन्द्र श्रेष्ठलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यमा चन्द्रकिशोर झा, लक्ष्मण उप्रेती र मीना शर्मा चयन भएका छन् ।
