समाचारसोमबार, आषाढ १४, २०७२
संविधानसभाको बैठक ९ बजेलाई सर्यो
नयाँ संविधानको मस्यौदा पेश हुने संविधानसभाको बैठक राति ९ बजेका लागि सरेको छ ।
संविधानसभा सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइकेलका अनुसार बैठक ९ बजे बैठक बस्नेछ । यसअघि, दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ७ बजे बस्नेगरी स्थगित गरिएको थियो ।
बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा पेश गर्ने कार्यतालिका रहेको छ ।
