समाचारसोमबार, आषाढ १४, २०७२

विचार गोष्ठीमा गुटको आलोचना

हिमालखबर

IMG_4557मदन भण्डारीको ६४ औं जन्म उत्सवमा मदनभण्डारी फाउण्डेसनले ‘जनताको बहुदलीय जनवाद र सामाजिक आर्थिक रुपान्तरण’ विषयमा विचार गोष्ठी आयोजना गरेको छ ।

१४ असारमा आयोजना गरिएको उक्त विचार गोष्ठीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी थिए । पार्टी उपाध्यक्ष विद्या भण्डारी अध्यक्ष रहेको उक्त फाउण्डेसनको गोष्ठीमा बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित भएनन् ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्तिको विषय लिएर खेलकुद मन्त्री पुरुषोतम पौडेललाई फिर्ता बोलाउने अध्यक्ष ओलीको दबावपछि उत्पन्न विवादले बरिष्ठ नेताद्वय उक्त गोष्ठीमा सहभागी नभएको एमाले स्रोत बताउँछन् ।

मन्त्री फिर्ता बोलाउने निर्णयपछि असन्तुष्ट खनाल–नेपाल पक्षका सभासदहरुको थापाथलीस्थित एक कलेजमा १४ असार विहान भेला भएको थियो । उक्त भेलामा सहभागी नेताहरु कोही पनि फाउण्डेसनको गोष्ठीमा सहभागी भएनन् ।

गत बर्ष साउनमा सकिएको नवौं महाधिवेशनमा ओलीलाई जिताउन मञ्चको रुपमा प्रयोग गरिएको फाउण्डसनले आयोजना गरेको गोष्ठीमा ओली पक्षका नेताहरु मात्रै सहभागी भए । खनाल–नेपाल पक्षले भने उक्त कार्यक्रम पार्टीको ब्यानरमा राख्न सुझाव दिएका थिए ।

प्रमुख अतिथीका रुपमा विचार प्रस्तुत गर्न मञ्चमा उभिएका ओलीले गुटबन्दीको आलोचना गरेका थिए । ओलीले आफ्नो निर्णय विरुद्ध हस्ताक्षर संकलनको चर्चा गर्दै भने, ‘‘हस्ताक्षरको कुनै अर्थ छैन ।’’

बरिष्ठ नेता नेपालप्रति निकै आक्रमक देखिएका ओलीले निर्णय गरेरै मन्त्री पौडेललाई फिर्ता बोलाउने जनाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>