समाचारशुक्रबार, कार्तिक २४, २०६९

केयुको उपकुलपतिबाट शर्माको राजीनामा

हिमालखबर

शर्माको राजीनामालाई स्वीकृत गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ उपकुलपति चयनका लागि समिति पनि गठन गरेका छन् ।

शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा गठन गरिएको समितिमा पूर्व सभामुख दमननाथ ढुङ्गाना र डाक्टर लोकविक्रम थापा सदस्य रहेका छन् ।समितिले आजै नयाँ उपकुलपति छनौट गर्ने तयारी गरेको छ ।

डा. सुरेशराज शर्मा काठमाडौं विश्वविद्यालयको संस्थापक उपकुलपति हुन् । काठमाडौं भ्याली क्याम्पसबाट शुरु भएको शिक्षण संस्थालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काठामाडौं विश्वविद्यालय बनाउनुमा शर्माको ठूलो योगदान छ ।

विश्वविद्यालयको सिनेट बैठकमै राजीनामा दिएका शर्माको कार्यकाल अझै दुई वर्ष बाँकी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>