समाचारसोमबार, आषाढ १४, २०७२
मध्यरातसम्म पनि संविधानसभा बैठक सुरु भएन
संविधानसभाको बैठक मध्यरातसम्म पनि बस्न सकेको छैन ।
शीर्ष नेताहरुको बैठक नसकिएपछि संविधानसभाको बैठक अन्यौलमा परेको छ । १४ असार राति ९ बजेका लागि बोलाइएको बैठक सुरु हुन नसक्दा सभासदहरु भने संविधानसभा भवनभित्रै पर्खेर बसिरहेका छन् ।
अहिले पनि प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरुको बैठक जारी छ ।
